{"product_id":"ek-sarko-maya-एक-सर्को-माया","title":"Ek Sarko Maya एक सर्को माया","description":"\u003cp style=\"margin: 0in; font-size: 11.0pt;\"\u003e\u003cspan style=\"font-family: Mangal;\"\u003eयो उपन्यास रोजगारीका लागि माल्दिभ्स पुगेको एउटा त्यो नेपाली युवकको कथा हो जो अञ्जानमै कुलतमा फस्दछ र आफू कुलतमा फसेको थाहा पाएर पनि बाहिर आउन सफल हुँदैन । कुलतकै बीच त्यहाँकी एउटी सुन्दरी मोडेलसंगको उसको प्रेम\u003c\/span\u003e\u003cspan style=\"font-family: Calibri;\"\u003e, \u003c\/span\u003e\u003cspan style=\"font-family: Mangal;\"\u003eप्रेम र नसाबीचको उसको मानसिक संघर्ष र अन्त्यमा उसले र पाठकले एकसाथ अनुभूत गर्ने मृग मरिचिका नै\u003c\/span\u003e\u003cspan style=\"font-family: Calibri;\"\u003e “\u003c\/span\u003e\u003cspan style=\"font-family: Mangal;\"\u003eएक सर्को प्रेम\u003c\/span\u003e\u003cspan style=\"font-family: Calibri;\"\u003e” \u003c\/span\u003e\u003cspan style=\"font-family: Mangal;\"\u003eको सार हो । पछिल्लो समय नेपाली साहित्यमा प्रकाशित भइरहेका एकै खालका उपन्यासहरु भन्दा पृथक कथावस्तु र लेखनशैली छ यो उपन्यासमा । हालुसिनेसनको डरलाग्दो उदाहरण प्रस्तुत भएको जिएस पौडेलको ४५० पृष्ठ लामो यो उपन्यास पढिसक्दा पाठकले एउटा फरक संसारको यात्रा गरिसक्छ । धुवाँको लामो सर्को मात्रै नभई प्रेमको सर्कोसंगै अघि बढेको कथामा केही उपकथाहरु आएर जोडिएका छन् र पुस्तकलाई थप रोमाञ्चक बनाएका छन् । \u003c\/span\u003e\u003c\/p\u003e\n\u003cp style=\"margin: 0in; font-size: 11.0pt;\"\u003e\u003cspan style=\"font-family: Mangal;\"\u003eविल्कुलै नयाँ लेखक हुन् जिएस पौडेल उपन्यासको दुनियाँमा । तर यिनको लेखनीमा प्रयोग भएको भाषा र शैलीले मलाई खूब प्रभावित गरेको छ । लामो समयदेखि माल्दिभ्स बस्दै आएका जिएस पौडेलले राउधा आतीफ\u003c\/span\u003e\u003cspan style=\"font-family: Calibri;\"\u003e (\u003c\/span\u003e\u003cspan style=\"font-family: Mangal;\"\u003eमालिदभियन मोडेल\u003c\/span\u003e\u003cspan style=\"font-family: Calibri;\"\u003e) \u003c\/span\u003e\u003cspan style=\"font-family: Mangal;\"\u003eको सौन्दर्यमाथि गरेको फेन्टासीपूर्ण प्रेमकथामा आधारित यो उपन्यास लोकप्रिय मात्रै हैन\u003c\/span\u003e\u003cspan style=\"font-family: Calibri;\"\u003e, \u003c\/span\u003e\u003cspan style=\"font-family: Mangal;\"\u003eलामो समयसम्म नेपाली उपन्यासका पारखीहरुले पढिरहने उपन्यास हुनेमा म विश्वस्त छु । शुभकामना लेखक र बुलबुल पब्लिकेशनलाई\u003c\/span\u003e\u003cspan style=\"font-family: Calibri;\"\u003e Ek Sarko Maya \u003c\/span\u003e\u003cspan style=\"font-family: Mangal;\"\u003eको लागि ।\u003c\/span\u003e\u003cspan style=\"font-family: Calibri;\"\u003e – \u003c\/span\u003e\u003cspan style=\"font-family: Mangal;\"\u003eवरिष्ठ रेडियो कर्मी अच्युत घिमिरे बुलबुल\u003c\/span\u003e\u003c\/p\u003e","brand":"Nepali Books USA","offers":[{"title":"Default Title","offer_id":50755293446399,"sku":null,"price":20.0,"currency_code":"USD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0812\/4579\/8655\/files\/EksarkoMaya.jpg?v=1792716088","url":"https:\/\/nepalibooksusa.com\/products\/ek-sarko-maya-%e0%a4%8f%e0%a4%95-%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%be%e0%a4%af%e0%a4%be","provider":"Nepali Books USA","version":"1.0","type":"link"}