Skip to product information
1 of 1

Nepali Books USA

72 ko Bismaya ७२ को विस्मय by Basanta Basnet

72 ko Bismaya ७२ को विस्मय by Basanta Basnet

Regular price $20.00 USD
Regular price Sale price $20.00 USD
Sale Sold out
Quantity

पछिल्लो बाहिरी पृष्ठबाट

०७२ वैशाखको महाभूकम्पपछि नेपाली राजनीतिमा पनि ठूला कम्पनहरु चले । हिंसात्मक विद्रोहबाट संविधानसभा हुँदै शान्तिप्रक्रियामा आएको माओवादीसमेतको सहभागितामा नयाँ संविधान बन्ने सङ्केत जब देखियोे, तब छिमेकी भारतलेआफ्ना सर्त नमानेकोभन्दै यसलाई रोक्ने प्रयत्न गर्र्यो । ठूला दलहरुले भारतीय दबाब पन्छाउँदै संविधान जारी गर्दै गर्दा संविधानसभाभित्रैको एउटा पक्षलाई विश्वासमा राख्न सकेनन् । संविधान जारी भएको दिन पहाडमा हर्षबढाइँ भयो, मधेसमा विस्मात् । अनि संविधानसँग असन्तुष्ट मधेसी मोर्चालाई प्रयोग गरी भारतले झन्डै पाँच महिना नाकाबन्दी लगायो । यिनै परिघटनाको सेरोफेरोमा लेखिएको यो पुस्तकले सात दशक लामो नेपाली लोकतन्त्रको विस्तार प्रक्रिया, अनि त्यससँग जोडिन पुगेको पहिचान राजनीतिको उदय, उत्थान र अवरोहणबारे चर्चा गर्छ । 

हामीबाट भर्खरै बितेर गएको उतारचढावमय समयको साक्षी हो, ७२ को विस्मय ।

View full details